काठमाडौं – नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि अर्को छानबिन समिति बनाउन आवश्यक नभएको बताएका छन्।
उनका अनुसार यो विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पहिले नै अनुसन्धान गरिरहेको छ र संविधानअनुसार नै जिम्मा दिइएको आयोगप्रति विश्वास गर्नुपर्ने हुन्छ।
संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग बोल्दै बर्तौलाले भने, ‘छानबिन समितिले पनि अन्ततः अध्ययन गरेर अख्तियारमै बुझाउने हो। यस्तो अवस्थामा फेरि अर्को समिति बनाउनु पर्ने कारण छैन।’
उनले विपक्षी दलहरूले हतारमा गृहमन्त्रीको विषय उठाएको आरोप लगाए। ‘रास्वपाले संसदमा मुद्दा उठाउने निर्णय ग-यो। त्यसपछि माओवादी पनि ढिला नहोस् भनेर हौसियो। तर यस्ता विषयमा नजिरहरू अन्देखा गर्न मिल्दैन,’ उनले भने।
बर्तौलाले राज्यका संवैधानिक निकायहरूले स्वतन्त्र रूपमा काम गर्न सकून् भनेर जनतामा विश्वास जगाउनु आवश्यक रहेको पनि बताए।