Nepali Politicians

गृहमन्त्रीको राजीनामामा पछि हट्दै विपक्षी, अब छानबिन समितिमा जोड

काठमाडौं – भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नता रहेको भन्दै विपक्षी दलहरू संसद अवरुद्ध गरिरहँदा, आइतबार पनि बैठक बिना कार्यसूची स्थगित भयो। सरकार र विपक्षी दलहरूबीच दिनभर छलफल चले पनि कुनै ठोस सहमति जुट्न सकेन।

संसद् अवरोध हटाउन नेपाली कांग्रेसले माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र एकीकृत समाजवादीसँग छलफल गरेको थियो। कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले अध्यागमन प्रणाली सुधार, कानुनी पुनरावलोकन, र भ्रष्टाचार नियन्त्रणमा सरकारको लिखित प्रतिबद्धता जनाउने प्रस्ताव राखेका थिए। तर रास्वपा लगायतका दलहरू गृहमन्त्रीमाथि पनि छानबिन हुनुपर्ने अडानबाट पछि हटेका छैनन्। Continue reading

Mahesh Bartaula

माओवादी र रास्वपाले हतारमा गृहमन्त्रीमाथि कुरा उठाए – एमाले

काठमाडौं – नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि अर्को छानबिन समिति बनाउन आवश्यक नभएको बताएका छन्।

उनका अनुसार यो विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पहिले नै अनुसन्धान गरिरहेको छ र संविधानअनुसार नै जिम्मा दिइएको आयोगप्रति विश्वास गर्नुपर्ने हुन्छ। Continue reading